ग्लोबल आइएमई बैंकद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई १० थान एलइडी टिभी हस्तान्तरण

29.10.2021

ग्लोबल आइएमई बैंकद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई १० थान एलइडी टिभी हस्तान्तरण

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ ।
शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई १० थान टेलिभिजन सेटहरु हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले महानगरीय प्रहरी परिसरलाई स्मार्ट कन्ट्रोल रुमका लागि टेलिभिजन सेटहरु सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै बैंकले उपलब्ध गराएको टेलिभिजन सेटहरुले सेवाग्राहीहरुलाई थप प्रभावकारीरुपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा राख्नुभयो ।
यसैगरी महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरिक्षक बज्राचार्यले बैंकको तर्फबाट प्राप्त यो सहयोगले महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित कन्ट्रोल रुमलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसका निम्ति बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

Customer Support / Call Centre
We're here to help. For any questions or support, please call our customer care centre - Global Connect.
gibl