Skip to main content

Global IME Bank organized Free Women Health Camp

20.08.2021

Global IME Bank organized Free Women Health Camp

ग्लोबल आइएमई बैंकले मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ । बैंकले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको हो । यस अन्तगर्त बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । यसअघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्धती बचत खाता संचालनमा ल्याएको छ । मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिकरुपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ । स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ-संस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाहरुको स्वास्थ तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Customer Support Centre
gibl
We're here to help. For any questions or support, please contact our customer care center — Global Connect. You can reach us through our toll-free number
gibl

Find a Branch Near You

More Information
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: Amnil Technologies Private Limited