Logo
  • Xnix/Line/Notification
    5

Login

Auction

personal

ग्लोबल आइएमईका ग्राहकले दराज ११:११ मा २० प्रतिशत छुट पाउने

October 29, 2022

ग्लोबल आइएमई बैंकका ग्राहकले ‘दराज ११:११ अफर’ मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यो योजनामा अन्तर्गत ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

यो योजना अन्तर्गत ग्लोबल आइएमई बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा २ हजार ५ सय रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा ३ हजार रुपैयाँसम्म छुट पाउने बैंकले जानकारी दिएको छ । यो योजना अन्तर्गतको छुट पाउनका लागि बैंकको कार्ड भएका व्यक्तिले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्छ । यो योजना नोभेम्बर ११ देखि सीमित अवधिको लागि रहने बताइएको छ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंककाे २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्र तथा ३० लाखभन्दा बढी ग्राहकहरू रहेका छन् ।

Smarter

Ways To Bank

Bank anytime, anywhere with our services