Skip to main content

ग्लोबल आइएमई बैंक लि. बेगनास शाखाद्धारा संस्थागत सामाजिक उत्तरखदायित्व अन्तर्गत लाइफ ज्याकेट हस्तान्तरण ।

09.06.2023

ग्लोबल आइएमई बैंक लि. बेगनास शाखाद्धारा संस्थागत सामाजिक उत्तरखदायित्व अन्तर्गत लाइफ ज्याकेट हस्तान्तरण ।

ग्लोबल आइएमई बैंक लि. बेगनास शाखाद्धारा बेगनासताल डुंगा व्यवसाय समितिलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लाइफ ज्याकेट हस्तान्तरण गरेको छ । मिति २०८०।०२।२६ गते शुक्रबार पोखरा ३१, मन्धरेपार्कमा पोखरा महानगरपालिका वडा नंंं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि उक्त लाइफ ज्याकेटहरु ग्लोबल आइएमई बैंक लि.का गण्डकी प्रदेश प्रमुख इश्वरी प्रसाद जोशीले समितिका अध्यक्ष रविराज कंडेललाई हस्तान्तरण गर्नु भएको हो । बैंकका बेगनास शाखा प्रमुख दिनेश अधिकारीले संचालन गरेको सो कार्यक्रममा विभिन्न स्थानिय संघ संस्थाका प्रतिनिधिहरु, बैंकका कर्मचारीहरु तथा डुंगा व्यवसायिहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा बैकका प्रदेश प्रमुखले कार्यक्रम तथा बैंकको बारेमा जानकारी गराउनु भएको थियो भने वडा अध्यक्षले स्थानिय विकासमा यहां रहेका संघ संस्थाहरुको सहभागितामा वडाले हातेमालो गर्दै अगाडि बढ्न इच्छुक रहेको बताउनुभएको थियो । कार्यक्रम डुंगा व्यवसायी समितिका अध्यक्ष रविराज कंडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड