Skip to main content

त्रिवि क्याम्पस परिसरमा वृक्षारोपण

12.10.2022

Tree Plantation at TU Campus Premises

ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । 

वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्युक्तरुपमा गर्नुभएको थियो ।

विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियान अन्र्तगत क्याम्पस परिसरको तीनकुनेदेखि घडी भवनसम्मको सडक छेउमा करिब ३०० धुपी र चापको विरुवा रोपण गरी विरुवाको सुरक्षाको लागि “ट्रि गार्ड” समेत लगाइएको छ ।

कार्यक्रममा विश्वविद्यालय क्याम्पसका पदाधिकारी, कर्मचारी, विद्यार्थी तथा बैंकका कर्मचारी गरी १०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड