Skip to main content

पूर्वाधार/प्रोजेक्ट र कन्सोर्टियम कर्जा

जटिल र ठूला परियोजनाहरूको लागि वित्तीय समाधान

पूर्वाधार/प्रोजेक्ट र कन्सोर्टियम कर्जा

परिचय

जटिल र ठूला परियोजनाहरूको लागि वित्तीय समाधान

 

पूर्वाधार/प्रोजेक्ट कर्जा 

ग्लोबल आइएमई बैंकले विविध पूर्वाधार र व्यवसायिक परियोजनाहरू, जसमा "ग्रीन फिल्ड" परियोजनाहरू पनि पर्दछन् मा वित्तीय लगानी गर्दै आएको छ। जलविद्युत्, सिमेन्ट, स्टील, होटल तथा आवास क्षेत्रजस्ता परियोजनामा बैंकको उपस्थिति सक्रिय रहेको छ। परियोजनाको सफल कार्यान्वयन सुनिश्चित गर्न अनुभवी सम्बन्ध व्यवस्थापकहरूले आर्थिक र प्राविधिक सम्भाव्यता मूल्याङ्कनमा नजिकबाट संलग्न हुदै आएको छ ।  व्यवसायको प्रकृति र नगद प्रवाहलाई ध्यानमा राखी बैंकले आवधिक कर्जा, चालु पुँजी कर्जा, लेटर अफ क्रेडिट, ब्रिज लोनजस्ता लचिला कर्जा सुविधा उपलब्ध गराउँदै परियोजनाको आवश्यकतालाई सन्तुलित रूपले समर्थन गर्दै आएको छ।

कन्सोर्टियम कर्जा

ग्लोबल आइएमई बैंकले ठूला परियोजनाहरूका लागि कन्सोर्टियम कर्जा सुविधा प्रदान गर्दै आएको छ। बैंकले हाल जलविद्युत्, स्टील, र होटल परियोजनाहरूमा नेतृत्वदायी बैंकको रूपमा कन्सोर्टियम व्यवस्थापन गरिरहेको छ। साथै, जलविद्युत्, सिमेन्ट, होटल, औषधि उद्योगजस्ता विभिन्न परियोजनाहरूमा सदस्य बैंकको रूपमा समेत सहभागिता जनाउँदै कन्सोर्टियम कर्जामार्फत परियोजनात्मक वित्तीय आवश्यकतामा योगदान पुर्‍याउँदै आएको छ।

विशेषताहरू

धेरै बैंकहरूको नेतृत्वमा कन्सोर्टियम ऋणको विकल्प।

ठूला राष्ट्रिय परियोजनाहरूको लागि वित्तीय सुविधा

परियोजना आवश्यकताअनुसार विभिन्न कर्जा सुविधाहरू उपलब्ध

 

व्यवसायिक र समर्पित सहयोग

हामीले हाल वित्तीय सहयोग पुर्याइरहेका परियोजनाहरू

•    १,४२५ मेगावाट क्षमता भएका जलविद्युत र सौर्य परियोजनाहरू।
•    देशकै सबैभन्दा ठूलो ३० मेगावाटको निजी सौर्य परियोजना।
•    १७,७५० टीपीडी क्लिंकराइजेसन एकाइ र १८,५०० टीपीडी ग्राइन्डिङ एकाइ क्षमताका ठूला सिमेन्ट उद्योगहरू।
•    १,००० भन्दा बढी शय्या क्षमतासहितका विश्वस्तरीय चिकित्सा सेवाहरू प्रदान गर्ने बहुविशेषज्ञ चिकित्सा संस्थाहरू।
•    १०० भन्दा बढी देशहरूमा उपस्थिति भएका बहुराष्ट्रिय होटल चेनहरू।
•    राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सम्बद्धता रहेको प्रमुख शैक्षिक संस्थाहरू।
• कृषि परियोजना र व्यावसायिक खेतीका ठूला परियोजनाहरू

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड