परिचय

बैंक ग्यारेन्टी एक प्रकारको सुनिश्चितता हो, जहाँ बैंकले ग्राहकको तर्फबाट आवश्यक वित्तीय वा सम्झौतासम्बन्धी दायित्वहरू पुरा नभएमा लाभग्राहीलाई तोकिएको रकम तिर्ने वाचा गर्दछ। ग्लोबल आइएमई बैंकले ग्राहकको आवश्यकता अनुसार विभिन्न प्रयोजनका लागि ग्यारेन्टी सुविधा प्रदान गर्दछ—जसले व्यवसायहरूलाई ठूला कारोबारमा भाग लिन, ठेक्कामा प्रतिस्पर्धा गर्न, वा सेवा/सामग्री आपूर्ति सुनिश्चित गर्न आवश्यक विश्वास र सुरक्षा दिन्छ। प्रायः प्रयोग हुने ग्यारेन्टीहरूमा बिड ग्यारेन्टी, कार्यसम्पादन ग्यारेन्टी, अग्रिम भुक्तानी ग्यारेन्टी, र अन्य वित्तीय ग्यारेन्टीहरू समावेश छन्। यी ग्यारेन्टीहरूले व्यवसायमा पारदर्शिता, प्रतिबद्धता र विश्वसनीयता कायम राख्न सहयोग गर्दछन् ।

बिड ग्यारेन्टी:
बोलपत्र प्रक्रियाको सुरुवाती चरणमा आवश्यक हुने यो ग्यारेन्टीले, बोलपत्र दिने पक्षले टेन्डर जितेपछि सम्झौता गर्न तयार हुन्छ भन्ने कुरामा सुनिश्चितता दिन्छ। यदि उनी सम्झौतामा नजाने भएमा, लाभग्राही (सरकारी वा अन्य निकाय) लाई क्षतिपूर्ति दिन बैंक जिम्मेवार हुन्छ।


परफरमेन्स ग्यारेन्टी:
सम्झौता प्राप्त गरेपछि ठेक्का लिने पक्षले सम्झौता अनुसार काम सम्पन्न गर्दछ भन्ने सुनिश्चितता दिन यो ग्यारेन्टी प्रयोग गरिन्छ। यसले ग्राहकको प्रतिबद्धता र कार्यसम्पादन क्षमतामा भरपर्दो आधार तयार गर्दछ।


अग्रिम भुक्तानी ग्यारेन्टी:
जब लाभग्राहीले काम अघि नै अग्रिम रकम उपलब्ध गराउँछ, त्यो रकम सुरक्षीत राख्न बैंकद्वारा जारी गरिने ग्यारेन्टी हो। यदि सेवा वा सामान समयमै उपलब्ध भएन भने, लाभग्राहीलाई रकम फिर्ता हुने सुनिश्चितता दिन्छ।


कस्टम/बन्डेड गोदाम ग्यारेन्टी:
आयातकर्ताले भन्सार महसुल पछि तिर्ने शर्तमा सामान ल्याउँदा, बैंकले भन्सार कार्यालयलाई महसुल तिर्ने प्रतिबद्धता जनाउने ग्यारेन्टी हो। यो प्रायः बन्डेड गोदाम वा आयात प्रक्रियामा प्रयोग हुन्छ।


सप्लायर्स क्रेडिट ग्यारेन्टी:
यदि विक्रेताले ग्राहकलाई उधारोमा सामान आपूर्ति गर्दछ, बैंकले समयमै भुक्तानी हुने ग्यारेन्टी दिन्छ। यसले आपूर्तिकर्तालाई सुरक्षा प्रदान गर्दछ र कारोबार सहज बनाउँछ।


काउन्टर ग्यारेन्टी:
अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग हुने यो ग्यारेन्टी ग्राहकको देशमा रहेको बैंकले अर्को देशको बैंकको माध्यमबाट ग्यारेन्टी दिने प्रक्रिया हो। जब लाभग्राही र ग्राहक फरक देशमा हुन्छन्, यो संरचना आवश्यक हुन्छ।

Features

Quick Issuance Process

Online Application Available

Dual authentication and online verification for beneficiaries.

Supports Domestic & International transaction

Ideal for Trade & Project Contracts

Covers Bid Bond, Performance Guarantee

बारम्बार सोधिने प्रश्नहरू