Skip to main content

ग्लोबल स्काई क्लब

ग्लोबल स्काई क्लब र यती एअरलाइन्ससँग विशेष सुविधाहरू र छुटका साथ हवाई यात्रा गर्नुहोस्।

ग्लोबल स्काई क्लब

परिचय

यात्रुहरूका लागि विशेष रूपमा तयार पारिएको ग्लोबल स्काई क्लब भिसा डेबिट कार्ड, ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबीचको एउटा अनुपम सहकार्य हो। यो कार्ड केवल डेबिट कार्ड मात्र होइन। यो तपाईंको यात्राको लागि सहयात्री हो।

हरेक उडानमा विशेष फाइदाहरू पाउनुहोस्। यसमा छुट सहितको हवाई भाडा, यती स्काई क्लब पोइन्ट, पहिला चेक-इन गर्ने सुविधा, र थप सामान बोक्ने सुविधा समावेश छ। यी सबै तपाईंको यती एअरलाइन्सका उडानहरूमा उपलब्ध छन्।

आजै सजिलो र फाइदाजनक तरिकाले आफ्नो यात्रा सुरु गर्नुहोस्!

सुविधाहरू

यती एअरलाइन्सको वेबसाइट, एप वा पस (POS) मेसिनबाट टिकट खरिद गर्दा १०% क्यासब्याक पाउनुहोस्। (प्रति टिकट अधिकतम रु. ५०० सम्म)

ग्लोबल स्काई क्लब कार्ड प्रयोग गरी पहिलो टिकट खरिदमा १००% क्यासब्याक पाउनुहोस्। (यात्रु र एयरलाइन्सको सेवा शुल्क लागु हुनेछ; एक व्यक्ति, एकतर्फी यात्राका लागि मात्र मान्य।)

ग्लोबल स्काई क्लब कार्ड प्रयोग गरी हरेक रु. १०० खर्च गर्दा यती स्काई क्लबमा १ लोयल्टी पोइन्ट कमाउनुहोस्। (जस्तै: रु. १००० खर्च गर्दा १० पोइन्ट, रु. २५०० खर्च गर्दा २५ पोइन्ट, इत्यादि)।

ग्राहकहरूले भटभटेनी, सेल्सबेरी, बिग मार्ट, दराज लगायत कुनै पनि मर्चेन्ट (पसल) मा ई-कमर्स (अनलाइन) तथा पस (POS) मार्फत कारोबार गर्दा पनि लोयल्टी पोइन्टहरू पाउन सक्नुहुनेछ ।

यती एअरलाइन्सको टिकट खरिदमा १५% अतिरिक्त बोनस स्काई क्लब लोयल्टी पोइन्टहरू पाउनुहोस्।

यती एअरलाइन्सको काउन्टरहरूमा प्राथमिकताका साथ चेक-इन र बोर्डिङको सुविधाको आनन्द लिनुहोस्।

यती एअरलाइन्सका उडानहरूमा थप ५ केजी सामान बोक्ने सुविधा।

 

यती एअरलाइन्सका पार्टनर रिसोर्ट तथा लजहरूमा विशेष अफरहरूको लाभ उठाउनुहोस्।

पोइन्टहरू रिडिम गरी निःशुल्क टिकटहरू प्राप्त गर्नुहोस्। (थप विवरणका लागि यहाँ क्लिक गर्नुहोस्)। 

तपाईंको कार्ड ई-कमर्स कारोबारका लागि पहिले नै सक्रिय पारिएकोले, झन्झटमुक्त अनलाइन सपिङको आनन्द लिनुहोस्।

कार्ड जारी भएको मितिदेखि ५ वर्षको लागि मान्य हुनेछ।

ग्लोबल स्काई क्लब कार्डका लागि अनलाइन आवेदन दिनुहोस्।

बारम्बार सोधिने प्रश्नहरू

ग्लोबल स्काई क्लब कार्ड के हो?
यस कार्डबाट यती एअरलाइन्सको टिकटमा कति छुट पाइन्छ?
के यस कार्डबाट निःशुल्क टिकट पनि पाइन्छ?
कार्ड लिँदा कुनै बोनस पाइन्छ?
यती एअरलाइन्सका बारम्बार यात्रा गर्नेहरूका लागि थप सुविधाहरू के-के छन्?
अन्य सपिङ वा मर्चेन्ट अफरहरू छन्?
ग्लोबल स्काई क्लब कार्डका लागि कसरी आवेदन दिने?
हालका ग्राहकहरूले ग्लोबल स्काई क्लब कार्डका लागि आवेदन दिन सक्छन्?
निःशुल्क टिकट रिडिम गर्दा कुनै अतिरिक्त शुल्क लाग्छ?
के मैले रिडेम्पसन टिकट अरू कसैलाई हस्तान्तरण गर्न सक्छु?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड