Skip to main content

भिडियो केवाईसी

ग्लोबल आईएमई बैंकको भिडियो KYC सँग बैंकिङको भविष्यको अनुभव गर्नुहोस्

भिडियो केवाईसी

परिचय

अब खाता खोल्न शाखामा जानुपर्ने झन्झटको अन्त्य गर्दै यो सुविधा स्मार्टफोन, ट्याब्लेट वा ल्यापटपको प्रयोग गरि तपाईंले घरमै बसेर बैंक प्रतिनिधिसँग भिडियो संवादमार्फत खाता खोल्ने प्रक्रिया सम्पन्न गर्न सक्नुहुन्छ। भिडियो KYC ले बैंकिङलाई अझ सरल, छिटो र तपाईंको समय अनुकूल बनाएको छ। यस सुविधामार्फत तपाईंले खाता खोल्ने मात्र होइन, डेबिट कार्ड, मोबाइल वा इन्टरनेट बैंकिङ, डिम्याट, र मेरोसेयरजस्ता सेवाहरूको पनि अनुरोध गर्न सक्नुहुन्छ। यो सेवा तपाईंकै सुविधा र पहुँचलाई प्राथमिकता दिँदै, सम्पूर्ण बैंकिङ अनुभवलाई डिजिटल र सहज बनाउने दिशामा एक नयाँ कदम हो।

विशेषताहरू

घरको सहजताबाट स्मार्टफोन, ट्याब्लेट, वा ल्यापटप प्रयोग गरेर बैंक खाता खोल्न सकिने

तपाईंको व्यक्तिगत विवरणको उच्चतम सुरक्षा 

विदेशमा बसोबास गर्ने ग्राहकहरूका लागि उपलब्ध

भिडियो KYC मार्फत खोलिएको खाता कारोबारका लागि प्रयोग गर्न सकिने

ग्राहकहरुले ग्राहकको सहजता अनुसार बैंकिङ्ग समयमा अपोइन्टमेन्टहरु  निर्धारण गर्न सकिने

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड