परिचय

हाम्रो कर्पोरेट क्रेडिट सेवा इकाइले ठूला व्यवसाय र समूहगत संस्थाहरूको जटिल तथा फरक–फरक वित्तीय आवश्यकतालाई बुझ्दै, लक्ष्यअनुसारको वित्तीय समाधान प्रदान गर्दै आएको छ। ग्राहकको आवश्यकता अनुसार यो सेवा एकल बैंकिंग वा कन्सोर्टियम संरचनामार्फत उपलब्ध गराइन्छ । समयसँगै, बैंकले कृषि, उत्पादन, ऊर्जा, निर्माण, यातायात, सूचना प्रविधि, व्यापार, पर्यटनजस्ता विविध क्षेत्रहरूमा सन्तुलित र फराकिलो कर्जा पोर्टफोलियो विकास गर्न सफल हुँदै, दीर्घकालीन साझेदारी कायम राख्दै आएको छ।


प्रोजेक्ट वित्तीयकरण (Project Financing)


दीर्घकालीन पूर्वाधार वा औद्योगिक परियोजनामा लगानी गर्न चाहने व्यवसायहरूका लागि परियोजना वित्तीयकरण उपयुक्त विकल्प हो। यसमा परियोजनाबाट उत्पन्न हुने आम्दानीकै आधारमा ऋण फिर्ता गरिने संरचना अपनाइन्छ, जहाँ परियोजनाका सम्पत्ति र अधिकारहरूलाई सहायक जमानतका रूपमा प्रयोग गरिन्छ।


व्यापार वित्तीयकरण (Trade Finance)


आन्तरिक वा अन्तर्राष्ट्रिय व्यापार गर्ने व्यवसायहरूको कारोबारलाई सहज बनाउन व्यापार वित्तमार्फत आवश्यक कर्जा, लेटर अफ क्रेडिट, निर्यातसम्बन्धी ऋण र बीमाजस्ता सेवा प्रदान गरिन्छ। यसले आयात–निर्यातको प्रक्रिया सरल र सुरक्षित बनाउँछ।


अवधि कर्जा (टर्म लोन):


व्यवसायले स्थायी प्रकृतिका सम्पत्तिमा लगानी गर्न चाहेमा, अवधि कर्जामार्फत आवश्यक वित्तीय सहयोग प्रदान गरिन्छ। यो कर्जा सामान्यतः दीर्घकालीन हुन्छ र व्यवसायको नगद प्रवाहअनुसार किस्ताबन्दीमा चुक्ता गर्न सकिने व्यवस्था रहेको छ ।
कार्यशील पूँजी कर्जा


दैनिक सञ्चालन खर्च, स्टक व्यवस्थापन वा अल्पकालीन नगद प्रवाह व्यवस्थापन गर्न कार्यशील पूँजी कर्जा प्रयोग गरिन्छ। विशेषगरी मौसमी उतारचढाव हुने व्यवसायहरूका लागि यो कर्जा व्यवसायको दैनिक लयलाई कायम राख्न सहयोगी हुन्छ ।


सिंडिकेटेड लोन व्यवस्था / कन्सोर्टियम लेन्डिङ  


जब कुनै ठूलो परियोजनालाई एकल बैंकले वित्तीय समर्थन दिन नसक्ने अवस्थामा विभिन्न बैंकहरू मिलेर संयुक्त रूपमा कर्जा उपलब्ध गराउँछन्, त्यसलाई कन्सोर्टियम कर्जा भनिन्छ। यस्तो व्यवस्थामा एउटा बैंक नेतृत्वदायी भूमिका लिन्छ, र सबै ऋणदाताबीच समान साझेदारी र सुरक्षाको संरचना तय गरिन्छ।

विशेषताहरू

साना देखि ठूला व्यवसायका लागि वित्तीय सुविधा

व्यापार र वित्तीय सेवा

प्रक्रियाभरि हाम्रो प्रबन्धकहरू द्वारा परामर्श

छिटो र व्यावसायिक सेवा