Skip to main content

प्वाइण्ट अफ सेल उपकरण

ग्लोबल आइएमई बैंकको प्वाइन्ट-अफ-सेल उपकरणले व्यवसायहरुलाई ग्राहकबाट क्रेडिट वा डेबिट कार्ड मार्फत सामान वा सेवाहरूको भुक्तानी प्राप्त गर्न मद्दत गर्दछ।

प्वाइण्ट अफ सेल उपकरण

परिचय

ग्लोबल आइएमई बैंकको POS डिभाइस व्यवसायहरूका लागि डिजिटल भुक्तानी स्वीकृत गर्ने भरपर्दो र सुरक्षित माध्यम बनेको छ ।  यो डिभाइसले VISA, Mastercard, UnionPay International जस्ता प्रमुख कार्डमार्फत ग्राहकबाट सहज रूपमा भुक्तानी लिन सक्ने सुविधा प्रदान गर्दछ, जसले गर्दा स्वदेशी एवं अन्तर्राष्ट्रिय ग्राहकहरूबाट पनि कारोबार गर्न व्यवसायहरूलाई सम्भव भएको छ । Verified by Visa प्रविधिबाट सुरक्षित गरिएको यस प्रणालीले प्रत्येक भुक्तानीलाई थप सुरक्षित बनाउँछ, जसले गर्दा व्यवसायहरूले विश्वासका साथ डिजिटल कारोबार अगाडि बढाउन सक्छन् ।

 

विशेषताहरू

सहज र सुरक्षित भुक्तानी समाधान

अभिलेखका लागि प्रत्येक कारोबारको रसिद बनाएर राख्न सकिने

बैंकद्वारा सजिलो इन्स्टलेसन र मर्मत सेवा

सीधे बैंक खातामा जम्मा

क्यासलेस भुक्तानी माध्यम

कुनै सेटअप लागत र मर्मत शुल्क नलाग्ने

कुनै लुकेको शुल्क र जरिवाना नलाग्ने

के तपाईं आफ्नो व्यवसायमा POS उपकरण जारण गर्न ईछुक हुनुहुन्छ ?

आवश्यक कागजातहरू

ग्लोबल आईएमई बैंकबाट POS उपकरण प्राप्त गर्नका लागि व्यापारीहरूले निम्न कागजातहरू उपलब्ध गराउनुपर्छ:

 

  • बैंकमा सञ्चालन खाता: ट्रान्जेक्शन प्रक्रिया र रकम जम्माका लागि ग्लोबल आईएमई बैंकमा चालु वा बचत खाता आवश्यक छ।
  • प्यान प्रमाणपत्र: कर प्रयोजन र पहिचान प्रमाणीकरणका लागि मान्य स्थायी खाता नम्बर (PAN) प्रमाणपत्र अनिवार्य छ
  • कम्पनी दर्ता प्रमाणपत्र:व्यवसायको वैधता प्रमाणित गर्न व्यवसाय दर्ताको प्रमाणपत्र आवश्यक छ।
  • नागरिकता प्रतिलिपि: व्यवसायका मालिक वा अधिकृत प्रतिनिधिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
  • व्यापारी आवेदन फारम: व्यवसायको विवरण र POS उपकरणको अनुरोध समावेश गरिएको पूर्ण रूपमा भरिएको आवेदन फारम।
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड