ग्लोबल आइएमई बैंकले ग्रीन फाइनान्सलाई आफ्नो रणनीतिक योजना र निर्णय प्रक्रियामा उच्च प्राथमिकतामा राखेको छ । हामी दिगो, न्यून-कार्बन अर्थतन्त्रलाई प्रवर्द्धन गर्न र सन्तुलित तथा समावेशी समाज निर्माण गर्न प्रतिबद्ध छौं । ग्लोबल आइएमई बैंकका अध्यक्षको रूपमा, म दिगो भविष्य निर्माण गर्न उत्तरदायी बैंकिङ अभ्यास अपनाउन प्रोत्साहन गर्दछु ।

-
सबै बैंकिङ सञ्चालनहरूमा कम ऊर्जा खपत गर्ने प्रविधिहरू अपनाएर, फोहर घटाएर, र जिम्मेवार स्रोत व्यवस्थापन गरेर हाम्रो वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावहरूलाई घटाउने हाम्रो प्रयास हो।
-
वातावरणीय दिगोपनप्रतिको हाम्रो प्रतिबद्धतालाई ध्यानमा राख्दै, हामी वातावरण संरक्षण मा सहयोग पुर्याउने व्यवसायहरूलाई वित्तीय सहायता दिन्छौं। नवीकरणीय ऊर्जा, ऊर्जा-प्रभावकारी प्रविधि, वातावरणमैत्री पूर्वाधार, प्रदूषण नियन्त्रण, र चक्रीय अर्थतन्त्र जस्ता क्षेत्रमा लगानी गरेर सकारात्मक प्रभाव सिर्जना गर्ने हाम्रो उद्देश्य हो।
-
जलवायु परिवर्तन का प्रभावलाई कम गर्दै र अनुकूलनमार्फत जलवायु सहनशीलता बढाउन व्यवसाय र समुदायहरूसँग सहकार्य गर्न हामी प्रतिबद्ध छौं। साथै, न्यून-कार्बन प्रविधिको प्रोत्साहन र ग्रीनहाउस ग्यास उत्सर्जनको न्यूनीकरण हाम्रो प्राथमिकतामा पर्दछ।

हाम्रो दिगो पहलहरू
हाम्रा बैंकका कार्यालयहरूमा कम ऊर्जा खपत हुने प्रकाश प्रणाली रहेको छ । विभिन्न शाखाहरू र एक्सटेन्सन काउन्टरहरूमा सोलार प्यानल, वातावरण मैत्री कार्यस्थलहरू, प्लास्टिक फोहर न्यूनीकरणको पहल, पानी संरक्षण र ग्रीन आईटी (Green IT) अभ्यासहरूलाई अभ्यासहरूलाई प्रवर्द्धन गर्दै आएको छ। साथै, हामी दिगो खरिद प्रक्रियालाई जोड दिन्छौँ ।
हरित र दिगो समाधानहरू

हामी वातावरणलाई हानि पुर्याउने, कानुन वा मानव अधिकार उल्लङ्घन गर्ने, सांस्कृतिक सम्पदाको हानि गर्ने वा अनधिकृत रूपमा रसायन पदार्थहरूको प्रयोग गर्ने गतिविधिहरूको लागि वित्तीय सहयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्छौं।