वातावरणीय उत्तरदायित्व
-
सबै बैंकिङ सञ्चालनहरूमा कम ऊर्जा खपत गर्ने प्रविधिहरू अपनाएर, फोहर घटाएर, र जिम्मेवार स्रोत व्यवस्थापन गरेर हाम्रो वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावहरूलाई घटाउने हाम्रो प्रयास हो।
-
वातावरणीय दिगोपनप्रतिको हाम्रो प्रतिबद्धतालाई ध्यानमा राख्दै, हामी वातावरण संरक्षण मा सहयोग पुर्याउने व्यवसायहरूलाई वित्तीय सहायता दिन्छौं। नवीकरणीय ऊर्जा, ऊर्जा-प्रभावकारी प्रविधि, वातावरणमैत्री पूर्वाधार, प्रदूषण नियन्त्रण, र चक्रीय अर्थतन्त्र जस्ता क्षेत्रमा लगानी गरेर सकारात्मक प्रभाव सिर्जना गर्ने हाम्रो उद्देश्य हो।
-
जलवायु परिवर्तन का प्रभावलाई कम गर्दै र अनुकूलनमार्फत जलवायु सहनशीलता बढाउन व्यवसाय र समुदायहरूसँग सहकार्य गर्न हामी प्रतिबद्ध छौं। साथै, न्यून-कार्बन प्रविधिको प्रोत्साहन र ग्रीनहाउस ग्यास उत्सर्जनको न्यूनीकरण हाम्रो प्राथमिकतामा पर्दछ।
सामाजिक प्रभाव
-
हामीले हाम्रो बैंकिङ प्रक्रियामा सामाजिक-आर्थिक पक्षहरू लाई समाहित गर्दै वित्तीय समावेशीकरण र सामाजिक कल्याण लाई प्राथमिकतामा राखेका छौँ। हामी पिछडिएका समुदायहरू, कृषि क्षेत्र, र महिलाहरू का लागि विशेष प्रोडक्ट र योजनाहरू उपलब्ध गराएर उहाँहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुर्याउने कोशिस गर्दछौँ।
-
हामी हाम्रो सेवा क्षेत्रका समुदायहरूमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध छौँ। यसका लागि हामी स्थानीय पहलहरूलाई समर्थन गर्ने, वित्तीय साक्षरतालाई प्रोत्साहन गर्ने, र दिगो विकास तथा सामाजिक कल्याण सुधार गर्न संस्थाहरूसँग सहकार्य गर्ने काम गरिरहेका छौँ।
सुशासन उत्कृष्टता
-
हामी हाम्रो काममा सुशासन, नैतिकता, र पारदर्शिता को उच्चतम मापदण्ड पालना गर्दछौं।
-
हामी राष्ट्रिय नीति तथा कानुनको पूर्ण पालना गर्दै अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूलाई पनि कार्यान्वयनमा ल्याउँछौँ।
-
जोखिम व्यवस्थापनका लागि हामी सावधानीपूर्वक मूल्याङ्कन, सक्रिय उपायहरू, र निरन्तर सुधारको प्रक्रिया लाई जोड दिन्छौँ।
-
हामी कर्मचारीहरूलाई आफ्ना समुदायमा परिवर्तन ल्याउन सशक्त बनाउँदै सामूहिक रूपमा उज्ज्वल भविष्य निर्माण गर्न प्रयासरत छौँ।
हाम्रा दिगो पहलहरू
-
कागज फोहोर पुनर्चक्रण: कर्पोरेट कार्यालयबाट २९.१ टन कागज फोहोर सफलतापूर्वक पुनर्चक्रण गरियो, जसले ४९४ वटा रूख, २०३,७०० ग्यालन पानी, ११६,४०० kWh बिजुली, १,३३८ ग्यालन तेल बचत गर्यो र २६१ क्युबिक गज ल्यान्डफिलबाट बचायो।
-
ई.भी. चार्जिङ स्टेशन स्थापना: शून्य-कार्बन गतिशीलता लाई प्रवर्द्धन गर्न र स्वच्छ यातायातमा संक्रमणलाई प्रोत्साहन गर्न कमलादीस्थित कर्पोरेट कार्यालयमा इलेक्ट्रिक भेहिकल (ई.भी.) चार्जिङ स्टेशन स्थापना गरियो।
-
वृक्षारोपण: बैंकको जलवायु परिवर्तन र समाजप्रतिको प्रतिबद्धतालाई थप सुदृढ गर्दै नेपालभरि १८,००० भन्दा बढी रूख रोपेर राष्ट्रव्यापी वृक्षारोपण पहल आयोजना गरियो।
-
जिन्स टु ड्रिम्स पहल: वातावरणीय दिगोपनालाई सामाजिक प्रभावसँग जोड्दै ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि पुराना र प्रयोग नगरिएका जिन्सलाई स्कुल ब्यागमा परिणत गर्न चक्रव्यूह नेपालसँग सहकार्य गरियो।