Skip to main content
Sustainability Detail

वातावरणीय उत्तरदायित्व

  • सबै बैंकिङ सञ्चालनहरूमा कम ऊर्जा खपत गर्ने प्रविधिहरू अपनाएर, फोहर घटाएर, र जिम्मेवार स्रोत व्यवस्थापन गरेर हाम्रो वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावहरूलाई घटाउने हाम्रो प्रयास हो।

  • वातावरणीय दिगोपनप्रतिको हाम्रो प्रतिबद्धतालाई ध्यानमा राख्दै, हामी वातावरण संरक्षण मा सहयोग पुर्‍याउने व्यवसायहरूलाई वित्तीय सहायता दिन्छौं। नवीकरणीय ऊर्जा, ऊर्जा-प्रभावकारी प्रविधि, वातावरणमैत्री पूर्वाधार, प्रदूषण नियन्त्रण, र चक्रीय अर्थतन्त्र जस्ता क्षेत्रमा लगानी गरेर सकारात्मक प्रभाव सिर्जना गर्ने हाम्रो उद्देश्य हो।

  • जलवायु परिवर्तन का प्रभावलाई कम गर्दै र अनुकूलनमार्फत जलवायु सहनशीलता बढाउन व्यवसाय र समुदायहरूसँग सहकार्य गर्न हामी प्रतिबद्ध छौं। साथै, न्यून-कार्बन प्रविधिको प्रोत्साहन र ग्रीनहाउस ग्यास उत्सर्जनको न्यूनीकरण हाम्रो प्राथमिकतामा पर्दछ।


 

सामाजिक प्रभाव

  • हामीले हाम्रो बैंकिङ प्रक्रियामा सामाजिक-आर्थिक पक्षहरू लाई समाहित गर्दै वित्तीय समावेशीकरण र सामाजिक कल्याण लाई प्राथमिकतामा राखेका छौँ। हामी पिछडिएका समुदायहरू, कृषि क्षेत्र, र महिलाहरू का लागि विशेष प्रोडक्ट र योजनाहरू उपलब्ध गराएर उहाँहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुर्‍याउने कोशिस गर्दछौँ।

  • हामी हाम्रो सेवा क्षेत्रका समुदायहरूमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध छौँ। यसका लागि हामी स्थानीय पहलहरूलाई समर्थन गर्ने, वित्तीय साक्षरतालाई प्रोत्साहन गर्ने, र दिगो विकास तथा सामाजिक कल्याण सुधार गर्न संस्थाहरूसँग सहकार्य गर्ने काम गरिरहेका छौँ।


 

सुशासन उत्कृष्टता

  • हामी हाम्रो काममा सुशासन, नैतिकता, र पारदर्शिता को उच्चतम मापदण्ड पालना गर्दछौं।

  • हामी राष्ट्रिय नीति तथा कानुनको पूर्ण पालना गर्दै अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूलाई पनि कार्यान्वयनमा ल्याउँछौँ।

  • जोखिम व्यवस्थापनका लागि हामी सावधानीपूर्वक मूल्याङ्कन, सक्रिय उपायहरू, र निरन्तर सुधारको प्रक्रिया लाई जोड दिन्छौँ।

  • हामी कर्मचारीहरूलाई आफ्ना समुदायमा परिवर्तन ल्याउन सशक्त बनाउँदै सामूहिक रूपमा उज्ज्वल भविष्य निर्माण गर्न प्रयासरत छौँ।


 

हाम्रा दिगो पहलहरू

  • कागज फोहोर पुनर्चक्रण: कर्पोरेट कार्यालयबाट २९.१ टन कागज फोहोर सफलतापूर्वक पुनर्चक्रण गरियो, जसले ४९४ वटा रूख, २०३,७०० ग्यालन पानी, ११६,४०० kWh बिजुली, १,३३८ ग्यालन तेल बचत गर्‍यो र २६१ क्युबिक गज ल्यान्डफिलबाट बचायो।

  • ई.भी. चार्जिङ स्टेशन स्थापना: शून्य-कार्बन गतिशीलता लाई प्रवर्द्धन गर्न र स्वच्छ यातायातमा संक्रमणलाई प्रोत्साहन गर्न कमलादीस्थित कर्पोरेट कार्यालयमा इलेक्ट्रिक भेहिकल (ई.भी.) चार्जिङ स्टेशन स्थापना गरियो।

  • वृक्षारोपण: बैंकको जलवायु परिवर्तन र समाजप्रतिको प्रतिबद्धतालाई थप सुदृढ गर्दै नेपालभरि १८,००० भन्दा बढी रूख रोपेर राष्ट्रव्यापी वृक्षारोपण पहल आयोजना गरियो।

  • जिन्स टु ड्रिम्स पहल: वातावरणीय दिगोपनालाई सामाजिक प्रभावसँग जोड्दै ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि पुराना र प्रयोग नगरिएका जिन्सलाई स्कुल ब्यागमा परिणत गर्न चक्रव्यूह नेपालसँग सहकार्य गरियो।

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड