हाम्रा बैंकका कार्यालयहरूमा कम ऊर्जा खपत हुने प्रकाश प्रणाली रहेको छ । विभिन्न शाखाहरू र एक्सटेन्सन काउन्टरहरूमा सोलार प्यानल, वातावरण मैत्री कार्यस्थलहरू, प्लास्टिक फोहर न्यूनीकरणको पहल, पानी संरक्षण र ग्रीन आईटी (Green IT) अभ्यासहरूलाई अभ्यासहरूलाई प्रवर्द्धन गर्दै आएको छ। साथै, हामी दिगो खरिद प्रक्रियालाई जोड दिन्छौँ ।
collapse title np

-
सबै बैंकिङ सञ्चालनहरूमा कम ऊर्जा खपत गर्ने प्रविधिहरू अपनाएर, फोहर घटाएर, र जिम्मेवार स्रोत व्यवस्थापन गरेर हाम्रो वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावहरूलाई घटाउने हाम्रो प्रयास हो।
-
वातावरणीय दिगोपनप्रतिको हाम्रो प्रतिबद्धतालाई ध्यानमा राख्दै, हामी वातावरण संरक्षण मा सहयोग पुर्याउने व्यवसायहरूलाई वित्तीय सहायता दिन्छौं। नवीकरणीय ऊर्जा, ऊर्जा-प्रभावकारी प्रविधि, वातावरणमैत्री पूर्वाधार, प्रदूषण नियन्त्रण, र चक्रीय अर्थतन्त्र जस्ता क्षेत्रमा लगानी गरेर सकारात्मक प्रभाव सिर्जना गर्ने हाम्रो उद्देश्य हो।
-
जलवायु परिवर्तन का प्रभावलाई कम गर्दै र अनुकूलनमार्फत जलवायु सहनशीलता बढाउन व्यवसाय र समुदायहरूसँग सहकार्य गर्न हामी प्रतिबद्ध छौं। साथै, न्यून-कार्बन प्रविधिको प्रोत्साहन र ग्रीनहाउस ग्यास उत्सर्जनको न्यूनीकरण हाम्रो प्राथमिकतामा पर्दछ।

-
हामीले हाम्रो बैंकिङ प्रक्रियामा सामाजिक-आर्थिक पक्षहरू लाई समाहित गर्दै वित्तीय समावेशीकरण र सामाजिक कल्याण लाई प्राथमिकतामा राखेका छौँ। हामी पिछडिएका समुदायहरू, कृषि क्षेत्र, र महिलाहरू का लागि विशेष प्रोडक्ट र योजनाहरू उपलब्ध गराएर उहाँहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुर्याउने कोशिस गर्दछौँ।
-
हामी हाम्रो सेवा क्षेत्रका समुदायहरूमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध छौँ। यसका लागि हामी स्थानीय पहलहरूलाई समर्थन गर्ने, वित्तीय साक्षरतालाई प्रोत्साहन गर्ने, र दिगो विकास तथा सामाजिक कल्याण सुधार गर्न संस्थाहरूसँग सहकार्य गर्ने काम गरिरहेका छौँ।

-
हामी हाम्रो काममा सुशासन, नैतिकता, र पारदर्शिता को उच्चतम मापदण्ड पालना गर्दछौं।
-
हामी राष्ट्रिय नीति तथा कानुनको पूर्ण पालना गर्दै अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूलाई पनि कार्यान्वयनमा ल्याउँछौँ।
-
जोखिम व्यवस्थापनका लागि हामी सावधानीपूर्वक मूल्याङ्कन, सक्रिय उपायहरू, र निरन्तर सुधारको प्रक्रिया लाई जोड दिन्छौँ।
-
हामी कर्मचारीहरूलाई आफ्ना समुदायमा परिवर्तन ल्याउन सशक्त बनाउँदै सामूहिक रूपमा उज्ज्वल भविष्य निर्माण गर्न प्रयासरत छौँ।
पुन: प्रयोग

जिन्स टु ड्रिम्स पहल
वातावरणीय दिगोपनालाई सामाजिक प्रभावसँग जोड्दै ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि पुराना र प्रयोग नगरिएका जिन्सलाई स्कुल ब्यागमा परिणत गर्न चक्रव्यूह नेपालसँग सहकार्य गरियो।
हरित ऊर्जा

ई.भी. चार्जिङ स्टेशन स्थापना
कमलादीस्थित कर्पोरेट कार्यालयमा विद्युतीय सवारीसाधन (EV) चार्जिङ स्टेशन जडान गरिएको छ। यसले शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको यातायात (नेट-जिरो मोबिलिटी) लाई प्रवर्द्धन गर्न र स्वच्छ यातायातमा संक्रमणलाई प्रोत्साहन गर्न मद्दत पुग्नेछ।
वृक्षारोपण

राष्ट्रव्यापी १८,००० वृक्षारोपण
बैंकले जलवायु परिवर्तन र समाजप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै १८,००० भन्दा बढी रूख रोपेर देशभर वृक्षारोपण पहल आयोजना गर्यो।
दिगो भविष्यका लागि जीवनशैली

हरित कार्यक्षेत्र
हरियाली कार्यस्थल: पर्यावरणमैत्री र हरियाली कार्यस्थल
हाट बजार

दिगो बजार
दिगो बजार: दिगो साना तथा मझौला उद्यम (SMEs) प्रवर्द्धन गर्न दिगो बजार क्षेत्र।

ग्रिन आईटी अभ्यासहरू
ग्रिन आईटी अभ्यासहरू: स्वचालित र डिजिटल आन्तरिक सञ्चालनहरू।
पानी संरक्षण

वर्षाको पानी संकलन
कमलादीस्थित कर्पोरेट कार्यालय भवनमा वार्षिक दुई लाख २९ हजार ४७ लिटर वर्षाको पानी सङ्कलन गर्ने गरी, पानी सङ्कलन प्रणाली जडान गरिएको छ ।
फोहरमैला व्यवस्थापन

प्लास्टिकजन्य फोहोर न्यूनीकरण
प्लास्टिकको फोहोर घटाउने: प्लास्टिकको बोतललाई पर्यावरणमैत्री बोतलले प्रतिस्थापन गर्ने।
पुनः प्रयोग

कागज पुनःप्रयोग
कर्पोरेट कार्यालयबाट २९.१ टन कागजजन्य फोहोर सफलतापूर्वक पुनर्चक्रण गरियो, जसले ४९४ वटा रूख, २०३,७०० ग्यालन पानी, ११६,४०० kWh बिजुली, १,३३८ ग्यालन तेल बचत गर्नुका साथै २६१ क्युबिक गज जमिन भर्ने फोहोर हटायो।
डिजिटल यूनिभर्स

डिजिटल रूपान्तरण
डिजिटल यूनिभर्स: नगद जम्मा, चेक जम्मा, नगद निकासी र अनलाइन पोर्टल मार्फत बैंकिङ सेवाहरूको लागि सरल र सहज माध्यम ।