Skip to main content
इन्टरनेट मोबाइल बैंकिङ सेवाका नियम तथा सर्तहरू

१.      ग्लोबल आइएमई इन्टरनेट बैंकिङ्ग/मोबाइल बैंकिङ्ग सेवा केवल व्यक्तिगत प्रयोजनको लागि मात्र हो । यो हस्तान्तरण गरिने छैन । यसको प्रयोग बैंकले इंगीत गरेको प्रयोजनको लागि मात्र गरिने छ । यो सेवा उपभोग गर्नको लागि ग्राहकले बैंकको कुनै एक शाखामा खाता संचालन गरेको हुनुपर्नेछ ।

२.       ग्राहकले बैंकबाट बैंकिङ्ग कारोबारका लागि दिइएका सुरक्षित गोप्य नाम, पासवर्ड, पिन आदि जानकारीहरुको गोपनियता कायम गर्नेछ र यी जानकारीहरु कुनै पनि आवस्थामा, कसैलाई, कहिले पनि दिने छैन ।

३.      यदि आफ्ना गोप्य पासवर्ड, नम्बर, पिन हराएको अथवा सोको जानकारीहरु कतै कोही असम्बन्धित व्यक्तिको जानकारीमा आएको थाहा भएमा तुरुन्त बैंकलाई जानकारी गराई रद्द गराउनु पर्नेछ र तिनको परिवर्तन गर्नुपर्नेछ ।

४.      इन्टरनेट बैंकिङ्ग/मोबाइल बैंकिङ्ग प्रणालीबाट गरिएका सम्पूर्ण कारोबारहरुको जिम्मेवारी ग्राहक स्वयंको हुनेछ ।

५.      ग्राहकको जानकारीमा वा त्यसको बिना, ग्राहकलाई उपलब्ध पिन, पासवर्ड आदिको प्रयोगबाट गरिएको सम्पूर्ण कारोबार आदेशलाई कार्यान्वयन गर्ने हक बैंकसँग सुरक्षित रहेको हुनेछ ।

६.       इन्टरनेट बैंकिङ्ग/मोबाइल बैंकिङ्ग प्रणाली मार्फत दिइएका आदेशहरु प्रत्यक्ष रुपमा ग्राहकबाट नआएको शंका लागेमा बैंकले यस्ता आदेशहरुलाई अस्विकार गर्ने हक आफुसंग सुरक्षित राखेको हुनेछ ।

७.      बैंकले सेवा प्रदान गरे बापत आफ्नो आन्तरिक नियम अनुसारको कमिशन वा सेवा शुल्क लगाउन सक्नेछ । बैंकले समय समयमा निर्धारण, थप वा परिमार्जन गरे अनुसारको शुल्क ग्राहकको खातामा लागू गर्न सक्नेछ । कुनै पनि शुल्क, खर्च, कमिशन, मार्जिन, जरिवाना र सरकारको विभाग वा निकायबाट असुल गर्ने कर भुक्तानीको लागि ग्राहकलाई सूचना सहित वा बिना सूचना ग्राहकको खाता डेबिट गरी असुल उपर गर्न बैंकलाई सदैव अख्तियार प्राप्त हुनेछ । गल्ती अभिलेख भएको अवस्थामा त्यसलाई सच्याउने अधिकार बैंकलाई हुनेछ ।

८.      इन्टरनेट बैंकिङ्ग / मोबाइल बैंकिङ्ग प्रणालीमा हुन आएको ढिलाइ अड्चन, अन्य बाधा वा अनय कुनै प्राविधिक कारणवस ग्राहकको आदेशको कार्यान्वयनमा हुन गएको ढिलाइ वा बाधाबाट ग्राहकलाई हुनगएको असुविधा, क्षति वा हानि नोक्सानीका लागि बैंक कुनै पनि किसिमले जिम्मेवारी हुने छैन ।

९.      ग्राहकले खातामा पर्याप्त रकमको अभाव हुने गरी कुनै पनि आदेश इन्टरनेट बैंकिङ्ग / मोबाइल बैंकिङ्ग प्रणाली मार्फत बैंकलाई दिने छैन । यस्ता आदेश बैंकले पाउँदाखेरी खातामा पर्याप्त रकमको अभाव भएमा यी आदेशको पालना गर्न बैंक बाध्य हुने छैन ।

१०.   ग्राहकले बैंकको अभिलखे अनुसार ग्राहकको खातामा दर्ज गरेका अभिलेखहरुलाई सदैव स्वीकार गर्नेछ र कुनैपनि प्रयोजनको लागि निर्णायक हुनेछ ।

११.  इन्टरनेट बैंकिङ्ग / मोबाइल बैंकिङ्ग प्रणालीको प्रयोग सधैं बैंकको प्रचलित नियम र विनियमहरुको अधिनमा रहनेछ ।

१२.   उल्लेखित नियम एवं शर्तहरुलाई, कुनैपनि सयमा, ग्राहकलाई सुचित गरी वा नगरी, संशोधन, परिवर्तन वा थप गर्ने अधिकार बैंकलाई रहनेछ र यी परिवर्तनहरु सदैव ग्राहकले स्वीकार गर्नुपर्नेछ ।

१३.   कानून अनुसार आवश्यक भएको खण्डमा वा कुनै नियमनकारी सरकारी निकायबाट अनुरोध भएको अवस्थामा बाहेक ग्राहकको खाता सम्बन्धी सूचनाहरु गोप्य राखिनेछ ।

१४.   यो निवेदनमा बैंकको स्वीकृति आवश्यक पर्नेछ । बैंकसंग कुनै कारण नखुलाईकनै आफ्नो स्वविवेकमा यो निवेदनको कुनै भाग वा सम्पूर्ण निवेदन अस्वीकृत गर्ने अधिकार रहनेछ ।

१५.   ग्राहकलाई सुचित गरी वा नगरिकन, इन्टरनेट बैंकिङ्ग / मोबाइल बैंकिङ्ग सुविधालाई नविकरण गर्ने, रद्द गर्ने वा फिर्ता लिने अधिकार बैंकसंग रहनेछ ।

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड