परिचय

भिसा डोमेस्टिक क्लासिक क्रेडिट कार्ड नेपाल, भारत, र भूटान भित्र तत्काल क्रेडिट र किनमेलको आवश्यकता पूरा गर्नको लागि प्रदान गरिएको हो।  यो कार्ड दैनिक कारोबारका लागि उपयुक्त छ, जसले भुक्तानी प्रक्रिया सहज र सरल बनाउँछ।

विशेषताहरू

भिसा ब्रान्डेड कार्ड ।

नेपालभर १५,००० भन्दा बढी तथा भारतभर ३,५०,००० भन्दा बढी भिसा मर्चेन्ट स्थानहरूमा भुक्तानीको लागि प्रयोग गर्न सकिने ।

अतिरिक्त शुल्कबिना ई–कमर्स कारोबारका लागि पूर्व-सक्रिय (Pre-activated) सुविधा

लचिलो भुक्तानी विकल्प – रु १,००० वा डेबिट रकमको १०% (जुन  बढी हुन्छ ) देखि १००% सम्मको भुक्तानी गर्न सकिने सुविधा

 न्यूनतम ब्याज शुल्क दर, प्रति महिना मात्र २%

योग्यता

  • १८ वर्ष वा सोभन्दा माथिका नेपाली नागरिक, जसको न्यूनतम मासिक तलब रू. १५,००० वा वार्षिक व्यवसायिक आम्दानी रू. १,५०,००० छ।
  • राहदानी प्रमाणीकरण र वैध भिसा स्थिति भएका विदेशी नागरिकहरू।
ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl