परिचय

  • हाम्रो SME कर्जाले तपाईंको व्यवसायलाई आवश्यक लचकता र स्रोतहरू उपलब्ध गराएर वृद्धि र सफलता सुनिश्चित गर्न सहयोग गर्दछ। चाहे तपाईं व्यवसाय विस्तार गर्दै हुनुहुन्छ, नयाँ उपकरण खरिद गर्दै हुनुहुन्छ, वा नगद प्रवाहलाई सहज बनाउन खोज्दै हुनुहुन्छ, हामी तपाईंका आवश्यकताअनुसार वित्तीय समाधान प्रदान गर्दछौ । छिटो स्वीकृति प्रक्रिया र आकर्षक व्याजदरका साथ, हामी तपाईंलाई हरेक चरणमा सशक्त बनाउन तयार छौ । 
    हामी तपाईंलाई कसरी सहयोग गर्न सक्छौं?
    व्यवसायका लागि विशेष वित्तीय समाधान: तपाईंको आवश्यकताअनुसार डिजाइन गरिएका विभिन्न कर्जा सुविधाहरू प्राप्त गर्नुहोस्, जसमध्ये कार्यशील पूँजी कर्जा, स्थिर अवधि कर्जा, हायर पर्चेज कर्जा, नगद क्रेडिट, छोटो अवधिको कर्जा (STL), र परियोजना-आधारित कर्जा उपलब्ध छन्।
    व्यवसाय वृद्धिका लागि आवश्यक पूँजी: दैनिक सञ्चालन व्यवस्थापन, विस्तार योजनाहरू कार्यान्वयन, तथा दीर्घकालीन परियोजनामा लगानीका लागि आवश्यक पूँजी प्राप्त गरेर तपाईंको व्यवसायलाई सशक्त बनाउनुहोस्।
    आकर्षक ब्याजदर र सेवा शुल्क: प्रतिस्पर्धात्मक ब्याजदर तथा किफायती सेवा शुल्कको फाइदा उठाउँदै तपाईंको व्यवसायिक लक्ष्यहरू सहज रूपमा हासिल गर्नुहोस्।


ब्याज दर, सेवा शुल्क

विशेषताहरू

१० करोड सम्म कर्जा रकम 

छिटो स्वीकृति प्रक्रिया

सबै शाखामा सुविधा उपलब्ध

लचिलो अवधिः निश्चित अवधि कर्जाको लागि अधिकतम १५ वर्ष। 
चालु पुँजी अवधि कर्जाको लागि १० वर्ष, नवीकरणीय कर्जाको लागि १ वर्ष।

रिलेसनशिप म्यानेजरहरूद्वारा वित्तीय परामर्श

प्रतिस्पर्धात्मक ब्याज दर – फ्लोटिङ वा फिक्स्ड ब्याज दरको विकल्प

कर्जाका प्रकारहरू

  • कार्यशील पूँजी अवधि कर्जा :स्थायी कामकाजी पूँजी आवश्यकता पूर्ति गर्न कर्जा
    • निश्चित अवधि कर्जा :दीर्घकालीन आवश्यकताहरूको लागि स्थिर वित्तीय सुविधा (जस्तै: प्लान्ट, मेशिनरी किन्ने)
    • नगद कर्जा:अस्थिर कामकाजी पूँजीको लागि छिटो पहुँच
    • छोटो अवधिका कर्जा  (STL):सिजन आवश्यकता पूर्ति गर्ने कर्जा
    • निर्यात/आयात कर्जा :व्यापार वृद्धिका लागि वित्तीय सहयोग
    • LC/बैंक ग्यारेन्टी:सुरक्षित भुक्तानी र विश्वास सुनिश्चित गर्न

योग्यता

• दर्ता: सम्बन्धित सरकारी निकायमा दर्ता गरिएको
• स्वामित्व: नेपाली नागरिकहरूले स्वामित्व राख्ने कम्पनी/फर्म
• व्यवसायको अवधि/ व्यवस्थापन अनुभव: समान/सम्भावित व्यवसायमा कम्तिमा ६ महिना
• वित्तीय स्थायित्व: कर्जा चुक्ता गर्न सक्ने क्षमता देखाउन आर्थिक विवरणहरू (जस्तै, सकारात्मक नगद प्रवाह वा नाफा) आवश्यक
• राम्रो क्रेडिट स्कोर वा इतिहास
• कानुनी अनुपालन: स्थानीय नियमहरूको पालना गरिएको र कुनै पनि कानुनी समस्या नरहेको

Testimonial

आवश्यक कागजातहरू

बारम्बार सोधिने प्रश्नहरू

सम्बन्धित कर्जाहरू

Global IME Small Business Loan
Global IME Small Business Loan
5 समीक्षाहरू
  • ऋण रकम रु. १५ लाख

  • प्रतिस्पर्धात्मक ब्याज दर र सेवा शुल्क

  • वित्तीय सेवाको लागि परामर्श सेवा
     

Global IME Krishi Karja
Global IME Krishi Karja
समीक्षाहरू
  • प्रतिस्पर्धी ब्याज दरहरू र सेवा शुल्क

  • न्यूनतम कागजात आवश्यकता र छिटो प्रक्रिया 

  • सबै शाखाहरुमा उपलब्ध सुविधा

Global Byawasaya Tewa Karja
Global Byawasaya Tewa Karja
5 समीक्षाहरू
ग्राहक सेवा / कल सेन्टर
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl